२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

कञ्चनपुर — कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपालमा समेत देखिन थालेपछि नाकाको निगरानीमा कडाइ गरिएको छ । नयाँ व्यवस्थाअनुसार नाका प्रशासनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएको छ । खोप नलगाएकाहरूलाई नाकामै लगाउने व्यवस्थासमेत गरिएको छ ।

तर भारतीयको हकमा दुई डोज खोप लगाएको/नलगाएको मात्रै हेर्ने गरिएको छ । उनीहरूको परीक्षण रिपोर्ट आवश्यक पर्दैन । नेपालीको हकमा कडाइ गरिए पनि भारतीयलाई बिनापरीक्षण भित्रिन दिँदा संक्रमण बढ्न सक्ने स्थानीय विष्णु जोशीले बताए । भारतको राजधानी नयाँदिल्लीमा गत साता नै ओमिक्रोन पुष्टि भइसकेको छ । दिल्ली गड्डाचौकी नाकाबाट साढे ३ सय किलोमिटर दूरीमा छ ।

‘नेपालीलाई कडाइ गरियो, भारतीयको हकमा दुई डोज खोपकै भरमा छाडियो,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेको सहायता कक्षका इन्चार्ज दानसिंह बोहराले भने, ‘कम्तीमा भारतीयलाई पनि दुई/तीन दिनभित्रको परीक्षण रिपोर्टका आधारमा भित्रिन दिने व्यवस्था गरिनुपर्छ ।’

कोरोना संक्रमण सुरु भएपछि भारतीको हकमा ७२ घण्टाको परीक्षण रिपोर्टसँगै गृह मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अनलाइन फाराम भरेर मात्रै भित्रिन दिने गरिएको थियो । गत महिनादेखि मात्रै दुई डोज खोप लगाएकालाई भित्रिन दिन थालिएको हो ।

‘भारतले धेरै अगाडि खुकुलो गरेका कारण हामीलाई पनि दबाब परेको हो,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने, ‘देशभरिका सबै नाका खुकुलो भएपछि हामीले अन्तिममा भारतीय नागरिकलाई दुई डोज खोपका आधारमा आउन दिन थालेका हौं ।’ नेपाली नागरिक गाउँमा गएर अन्यसँग पनि घुलमिल हुने र भारतीय सीमित समयका लागि आएर फर्किने हुनाले परीक्षण रिपोर्ट अनिवार्य नगरिएको उनको भनाइ छ ।

अहिले पनि दैनिक सयौं भारतीय नागरिक नेपाल भित्रिने गरेका छन् । उनीहरू व्यापार, घुमफिर र क्यासिनो खेल्न आउँछन् । दुई डोज खोपका आधारमा मात्रै भित्रिन दिन थालेपछि उनीहरू आउने क्रम बढेको हो ।

‘बेलाबेला भारतीय पक्षले खुकुलो पार्न आग्रह गरिरहन्थे,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘हामीले कडाइ गर्दा नेपालीमाथि पनि कडाइ हुन सक्ने देखिन्छ । -Kantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।