बारा ।३५ केजी गाँजासहित बारा बाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेको प्रहरी ले जनाएको छ ।
हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया तिनकुने चोक चेक जाँच गर्दा करिब ३५ केजी गाँजा सहित सजन र भुवन लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।