काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले दैनिकमाण्डु लाई जानकारी दिएका छन् । उनले बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिन सडक खण्ड दुई तर्फी बन्द गैरिएको बताए ।