काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्डमा ग्याँस बोेकेको बुलेटमा आगो लागेपछि अबरुद्ध भएको यातायात सुचारु भएको छ ।
आज एक बजे देखि अवरुद्ध भएको बाटो सुचारु भएको प्रहरी ले जनाएको छ ।नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको युपी १७ एटी ८६२७ नम्बरको ग्याँस बोकेको बुलेटमा पन्ध्रकिलो भन्ने स्थानमा आगलागी भएको थियो ।
नेपाली सेना, प्रहरी र भरतपुर महानगरको दकमलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो लागेर ग्याँस बुलेटको क्याविन र अगाडीको टायरमा क्षति भएको छ ।