काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने ११ बजे बैठकमा आर्थिक सर्वेक्षण पेस हुने भएको छ ।
कार्यसुची अनुसार हिजो नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन । आज ११ बजे बस्ने बैठक मा अर्थमन्त्री जनार्दन शर्मा ले पेस गर्नु हुने छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।
भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुहुनेछ । केन्द्र सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा व्यवस्था छ ।