काठमाडौँ । मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ ।
स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर जिल्ला प्रहरी कार्यालय खबर गरेपछि टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिएका छन् ।