काठमाडौं । चितवनमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिन तर्फ जादै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेना गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङ रहेका छन ।
उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारी ले बताए । ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए ।