काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आइपीओ निश्कासन गर्ने भएको छ ।
सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्न लागेको हो ।
आईपीओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता रहेको सगरमाथा जलविद्युत कम्पनीले आइपिओ निश्कासन गर्न लागेको हो ।