काठमाडौं । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरी ले एक महिला लाई पक्राउ गरेको छ । पक्राउ पर्ने मा सप्तरीको रूपनी बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो रहेको प्रहरी ले जनाएको छ । यश भन्दा अघि प्रहरी ले रुपनि गाउँपालिका वडा नम्बर १ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ लाई पक्राउ गरेको थियो ।
इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो ।
मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगत्तै शङ्का लागेर पक्राउ परेकी इनरवतीविरुद्ध ठोस प्रमाणको अभावमा प्रहरीले तत्काल छाडेको थियो । “