काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद मेटमणि चौधरीले भाेलि बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् । ऊनी नेकपा एस को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका छन ।
आज बुधवार प्रतिनिधि सभाको बैठकका लागि संसद् भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने जानकारी दिएका छन ।
उहाँले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए ।