काठमाडौं ।काठमाडौंमा अहिले भारी वर्षा भैरहेको छ । भारी वर्षा का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।
भारतको दिल्लीबाट काठमाण्डौ अवतरण हुनु पर्ने दुई वटा जहाज काठमाण्डौमा अवतरण हुन नसकेपछि दिल्ली नै ‘डाइभर्ट’ भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।