काठमाडौं । चट्याङ लागेर सिरहामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङ रहेकोे जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् ।
घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको बुढाथोकीले बताए । चट्याङ लागेर बेहास भएका तामाङ लाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो ।