काठमाडौं । वैदेशिक रोजगारीमा गएकालाई असोजदेखि आइपिओमा आरक्षण दिइने भएको छ ।
नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै बोर्ड अध्यक्ष रमेशकुमार हमालले ४ महिनाभित्र बजेटमार्फत सम्बोधन भएको विषयलाई समेट्ने गरि काम अगाडि बढाइएको जनाएका छन् ।
सर्वसाधारण सेयरमार्फत छुट्याएर दिने कि छुट्टै आरक्षण दिने भन्ने विषयमा छलफल गरेर टुंगो लगाइने हमालले जानकारी दिएका छन् ।