काठमाडौँ | सरकारले भोलि देखि १२ देखि १७ वर्षसम्मका लागि कोरोना बिरुद्ध को बुस्टर डोज दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत को परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज शुक्रबार बाट सञ्चालन गरिने जानकारी दिनु भयो। उनले बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुने बताए ।
१२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पुगे पछि बुस्टर डोज लगाउनु पर्ने छ ।