काठमाडौं । प्रतिनिधि सभाको आज को बैठकमा नेपाल मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दिलकुमारी रावल थापाले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।
सासद थापाले छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै नेपालमा पनि पब्जी बन्द गर्न माग गर्नु भएको हो । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै थापाले पब्जी बन्द गर्न माग गर्नु भएको हो ।
पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवज उठदै आएको छ ।