२०८३ बैशाख १७ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीवार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै केन्द्रीय बैंकले ‘उच्च पदस्थ’ व्यक्तिको परिभाषा संशोधन गर्दै बृहत् बनाएको हो ।

नयाँ प्रावधानले स्वदेशी उच्च पदस्थ व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापिका–संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, सरकारको विशिष्ट श्रेणी वा त्यसभन्दा माथिका अधिकारी, उच्च अदालतका न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको नेता, केन्द्रीय पदाधिकारी, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाका पदाधिकारी र त्यस्तो जिम्मेवारी पाएको व्यक्तिलाई परिभाषित गरेको छ ।

यसैगरी विदेशी उच्च पदस्थ व्यक्तिमा विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक अधिकारी, उच्च सुरक्षा अधिकारी लगायतलाई राखेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।