काठमाडौं । कटुवा पेस्तोलसहित रौतहट बाट दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साह रहेको प्रहरी ले जनाएको छ ।


उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको टोलि ले जाँच गर्दा ऊनीहरुको साथ बाट पेस्तोल फेला पारेको हो ।
ऊनीहरु दुबै लाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरी ले जनाएको छ ।

