२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो ।

प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीसहित १०–११ महिला पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित कालोदेवी महतोका छोरा अमित महतो र दुलारी देवीका नाति रामजीवन रामले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । निजहरुउपर (बोक्सीको आरोप लगाइ कुटपिट गरी ज्यान मार्ने उद्योग) मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको जनाइएको छ ।

घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले कालोदेवी महतो तथा दुलारीदेवी राम दुवैलाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लातीले मरनासन्न गरी कुटपिट गरेका थिए ।

मरनासन्न गरी कुटिएकी महिला कालोदेवीको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको पीडित महिलाका देवर दिनेश महतोले बताउनुभयो ।

प्रहरीले कालोदेवीलाई उद्धार गरी लगेपछि गाउँभन्दा ५०० मिटर टाढा खेतमा काम गरिरहेकी अर्की महिला दुलारीदेवी रामलाई पनि सोही समूहले खेतमै गएर शरीरका सबै कपडा च्यातेर उनीसँग पनि त्यस्तै व्यवहार गरेको पीडित दुलारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।