बारा । बारामा पुल बाट मोटरसाइकल खस्दा दुईजनाको मृत्यु भएको छ । जिल्ला को महागढीमाई नगरपालिका वडा नम्बर ८ स्थित थलही पुलबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिएका छन् ।
बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई गएराति साढे १० बजे, थलही पुलबाट तल खसेको थियो।
गम्भीर घाइते भएका दुई पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे, मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् ।
मृतक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरी ले जनाएको छ।