काठमाडौं । सोलुखुम्बुको लुक्लामा करिब ९ दिन देखि जहाज उडान भर्न सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले दिएको जानकारी अनुसार मौसम खराबी का कारण ९ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसकेको हो ।


जहाज भर्न नसक्दा त्यहा बाट फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका छन् । निरन्तर मौसम प्रतिकूल हुँदा गएको आइतवारदेखि जहाजले उडान भर्न नसकेको कार्यालयका प्रमुख द्वारीका अछामीले जानकारी दिएका छन् । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

