२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

तनहुँ | माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछितनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।

आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ ( मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।”

मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ । भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।