बारा । ट्रकको ठक्करबाट बारामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारागढी गाउँपालिका-१ भवानीपुर बस्ने २६ वर्षीय देवेन्द्र बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेको प्रहरी ले जनाएको छ ।
हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे जितपुरसिमरा उपमहानगरपालिका २२ मा ठक्कर दिएको थियो ।मोटरसाइकल मा सवार दुबैको घटनास्थलमै मृत्यु भएको हो ।


दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

