२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा जुट्न जिल्ला समितिलाई परिपत्र जारी गर्नुभएको हो । प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहमा विपद् व्यवस्थापन तरुण परिचालन समिति गठन गर्न परिपत्र गरिएको हो ।

यस्तै सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाको तत्काल उद्धार र व्यवस्थापनमा लाग्नसमेत तरुण दलले निर्देशन दिएको छ । प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार व्यवस्थापन र राहत सङ्कलन तथा वितरण गर्दा तरुण दलको साङ्गठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई आग्रह गरिएको छ । तरुण दलले आफ्ना जिल्लामा गरिएका विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यको नियमित जानकारी केन्द्रीय कार्यालयमा गराउनसमेत निर्देशन दिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।