काठमाडौं । आज लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवको
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु हुने भएको छ ।
आयोगले आज बिहान साढे १० बजे काठमाडौँको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त अवसरमा आज राष्ट्रपति भण्डारी ले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।