काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ–नेपालले आफ्नो नयाँ सेवा सुरु गरेको छ। नेपालमा सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित आज देखि ईन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
कम्पनी का अनुसार अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालिएको छ । कम्पनी ले ३० एमबीपीएसको एक महिनामा ३३३ रुपैयाँ ,तीन महिने प्याकेज ११०० रुपैयाँ , ६ महिने प्याकेज २१०० र ५० एमबीपीएसको एक महिनामा ४१७ रुपैयाँ,तीन महिनाको १५०० रुपैयाँ र ६ महिनाको लागि ३००० लाग्ने छ ।
कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पु¥याउन सहयोग पुग्ने सीईओ रितेश राजसिंहले जानकारी दिएका छन् । हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ।
हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुने यो सेवा चाडै देशभर बिस्तार हुने कम्पनीले जनाएको छ ।