बारा । नेकपा माओवादी केन्द्रले कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि को सम्पत्ति विवरण माग गरेको छ ।
निर्वाचन सम्पन्न भएपछी कलैया उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले आफ्नो सम्पती बिवरण बुझाउनुपर्ने माग राख्दै नेकपा माओबादी केन्द्र कलैया नगर कमिटीले कलैया उपमहानगर का नगर प्रमुख बिनोद साहलाई ज्ञापन पत्र बुझाएको छ ।
माओवादी कलैयाका अध्यक्ष मुकेश साहको नेतृत्वमा बुझाईएको ज्ञापन पत्रमा सम्पती विवरण बुझाउनका साथै,जनप्रतिनिधि लाई रास्ट्रीय गान सिकाउन र लेख्न का लागि आवस्यक बजेट छुट्याउन तथा जनतालाई समाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउन माग गरिएको साहले बताएका छन ।
ज्ञापन पत्र बुझ्दै मेयर बिनोद साहले आफुले जनताको भावनालाई कदर गर्ने र जन अपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता जनाउदै ज्ञापन पत्रलाई सकारात्मक रुपमा लिएको बताएका छन । उक्त अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहको समेत उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र