काठमाडौं । जिल्ला अदालत काठमाडौंमा मनोज पाण्डे विरुद्ध दुई वटा मुद्दा परेको छ । ऊनी विरुद्ध आज दुई वटा मुद्दा परेको हो ।
बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको हो ।
सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा उनलाई जेठ ७ गते काठमाडौँको स्वयम्भूबाट प्रहरी ले पक्राउ गरेको थियो ।