काठमाडौं । १६ किलो गाँजासहित ३ जना मकवानपुरबाट पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्थित पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज १६५६ नं.को यात्रुबाहक माईक्रो बस चेकजाँच गर्दा तीन जना लाई पक्राउ गरेको हो । ऊनीहरुको साथ बाट १६ किलो गाजा बरामद भएको हो ।
पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-११ का ४० वर्षीय किताब सिंह गोले, राक्सीराङ गाउँपालिका-१ बस्ने ३२ वर्षीय विक्रम कुमार गोले र बस्ने ३४ वर्षीय कुमार घ्यावा रहेको प्रहरी ले जनाएको छ ।
पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रहरी को भनाई छ ।