काठमाडौं । भक्तपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्ला को चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी ले जनाएको छ । गुरुङ आज बिहान ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाईएको छ । प्रहरी ले घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ ।