काठमाडौं । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१ पैसा बढेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।
खरिद मूल्य बढेसँगै आगामी १५ दिनमा करिब रु चार अर्ब ७१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा सामान्य नाफा रहेको निगमले जनाएको छ ।