काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
आज को बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नु हुने छ ।तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक , नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसुची रहेको छ ।