काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले फेरि विवाद मा आएका छन् । मन्त्री आले ले अश्लील गालीगलौज गरेको अडियो केही बेर अघि बाहिरिएको छ।
अन्नपूर्ण पोष्टले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको अडियोमा मन्त्री आलेले आफ्नै मन्त्रालय अन्तर्गत का कार्यालय का अध्यक्ष लाई गाली गरेको प्रष्ट सुनिएको छ । मन्त्री आले ले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई एकपटक फोनमा र अर्कोपटक कार्यकक्षमै अश्लील गाली गरेको अडियो बाहिरिएको हो ।


मन्त्री आले ले को आवाज मा दुई वटा अडियो बाहिरिएको हो ।पहिलो अडियोमा आलेले फोनमा अधिकारीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको सुनिन्छ। दोस्रो अडियोमा तथानाम गाली गर्दै हातपातसमेत गर्न खोजेको सुनिन्छ त्यस पश्चात् त्यहा रहेका अएका व्यक्तिले मन्त्री लाई रोक्न खोजेको आवाज प्रष्ट सुनिएको छ ।
यसअघि पनि भारतमा बस्ने एक नेपाली युवकमाथि गालीगलौज उनी विवादमा परेको विवादित बनेका थिए।

