काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् ।
नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुबै मन्त्री ओलि लाई भेट्न पुगेका हुन् ।


नागरिकता विधेयक पास गर्न दुई तिहाइ जनमत आवश्यक पर्ने भएकोले सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको हो।

