काठमाडौं । अर्काको नाममा ट्रायल दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का रहेका छन् ।
यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट अर्काको नाममा ट्रायल दिँदै गरेका खड्का लाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । खड्काले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका हुन्। उनी थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिन गएका थिए।
उनीमाथि मुलुकी अपराध संहिता ऐन,२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थपेर प्रहरी वृत्त बौद्ध मा राखेर अनुसन्धान अगाडि बढाइएको छ।