काठमाडौं । सुर्खेतमा ट्रक अनियन्त्रित भएर दुर्घटना भएको छ । गुर्भाकोट नगरपालिका–९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोट तर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको प्रहरी ले जनाएको छ ।
साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएको उद्धार भइरहेको प्रहरी ले जनाएको छ ।