काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ को मुल्य घटाउने निर्णय गरेको छ । पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने सरकारले निर्णय गरेको हो ।
शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।