बारा । खानेपानी मन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीको अभाव नहुने बताएका छन ।
विश्व प्रसिद्द बाराको गढीमाई मेलाको तयारीका बारेमा छलफलका लागि गढीमाई मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए ।
उनले गढीमाइ मेलामा शुद्ध पिउने पानी र शौचालयको व्यवस्था गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका हुन । अघिल्ला मेलाहरूमा आएका खानेपानी र शौचालयको अभाव सम्बन्धी गुनासोलाई समाधान गर्न यस पटक स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गरी समयमै उचित र भरपर्दो व्यवस्थापन मिलाउन निर्देशन दिएका थिए ।