काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा देखा परेको हैजा रोगको नियन्त्रणमा जुट्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनु भएको छ ।
शनिवार सम्बन्धित निकायका प्रमुख र सुरक्षा निकायका प्रमुख समेतलाई बोलाएर सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।
मन्त्री खाँणले सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरुको अवस्थाबारे सजग र सचेत रही जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न समेत अग्रह गर्नु भयो ।