२०८१ मंसिर ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन | उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा | नेपाल आयल निगमको सिनामंगल डिपो स्थानान्तरण गरिने | दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति | नेप्से परिसूचक ९ अंकले बढ्यो | सिप मेलाबाट तालिम लिएकालाई महानगरले मासिक १८ हजार पारिश्रमिकसहित ‘अन द जब ट्रेनिङ’मा पठाउने | विनिमयदरः डलर, युरो र पाउण्ड संगै अधिकांस मुद्रको भाउ बढ्याे | सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै | Registration Open for Hult Prize at KU 2024/25 | पनाैती नगरपालिका पहिरो पीडितको सहयोगार्थ हल्ट प्राइजद्वारा आर्थिक सहयोग |

मनसुन सक्रिय भएसँगै किसानहरूले आ आफ्नो लगाएको धानको बिउ नर्सरी र धान रोप्ने खेतको तयारीमा जुट्नु हुन्छ र रोपाइँ गर्न चटारो परेको हुन्छ।

विभिन्न प्रविधिहरु अपनाइ धानको बिउ नर्सरी ब्याडमा खसालि सके पनि अब कसरी रोप्ने भन्ने कुरा तिर कृषकहरु बढि चिन्तित हुन्छन्। हामीले धान रोपाइँको लागि निम्न तरिका र प्रकृया अपनाउन सकिन्छ।

Vivo Y28

१) धान रोपाइँको लागि जमिनको तयारी:- धान रोपाइँ गर्नु भन्दा २/३ हप्ता अघि देखि जमिनको तयारी सुरु गर्नु पर्दछ। यसले विभिन्न जैविक वस्तुहरू माटोमा कुहिदा निस्कने हानिकारक बस्तुहरु बढी मात्रामा संकलन भएर रोपाइँ गर्ने वीउबाट बचाउन सकिन्छ। जैविक वस्तुहरू कुहिएर निस्किएका पोषकतत्वहरुको उपयोग गर्न मौका मिलाउन पनि जमिनको तयारी आवश्यक पर्दछ।

*धान रोपाइँको लागि जमिनको तयारीका ३ अवस्थाहरू
A) पानीले भिजाउने तरिका ( यसमा माटोले शोषण गर्न सक्ने जति पानी लगाएर माटो भिजाइन्छ।)
B) माटो पल्टाएर जोत्ने तरिका
C) Borrowing तरिका (यसमा हेरो या पाटा लगाएर ठूल ठूला चल्लाहरू फुटाउने र pudding गर्ने।

२) जोताईको मात्रा
साधारणतया एक पटक जोताई र तीन पटक सम्याउने काम गर्दा जमिनलाई समतल पार्न र धान रोप्न लायक पार्न पर्याप्त हुन्छ। जमिनमा पानी लगाएर पहिलो जोताइ गर्ने बेलामा २० डोको प्रति रोपनी या ६ मेट्रिक टन प्रति हेक्टरको दरले कम्पोष्ट मल प्रयोग गर्ने र जोताइ भएदेखि धान रोपाइँ नसकेसम्म पानी तल्याउनु पर्दछ। धान रोपाइँ गर्नु अघि सम्याउने बेलामा नै सबै आलिहरु मर्मत सम्भार गर्ने, माटो थप्ने, र काल्ना र भित्ताहरूबाट झारपातहरु पात्लो गरी कुदालोले ताछेर सफा गर्नु पर्छ।

३) रोपाइँको उपयुक्त समय:-
विभिन्न वातावरणीय प्रभाव अनुसार ठाउँ ठाउँमा धान रोपाइँको उपयुक्त समय फरक फरक हुन्छ। यसले धान उत्पादनमा स्पष्ट प्रभाव पार्दछ। सिजनमा छिटो रोपाइँ गर्दा प्राय उत्पादन बढी हुन्छ। जस्तै
* चैते धान:- चैत महिना भर
* वर्खे धान :-
-तराईमा असार १५ देखि साउन १४ सम्म
-पहाड र उपत्यककामा जेष्ठ १५ देखि असार महिना भर
-जुम्ला उपत्यका/हिमाली क्षेत्रमा बैशाख अन्तिम साता देखि जेष्ठ १५

४) नर्सरी ब्याडबाट बेर्ना उखेल्ने तरिका:-
बेर्ना २०/२५ दिनको भएपछि रोपाइँको लागि उपयुक्त हुन्छ। तर SRI प्रविधिद्वारा धान लगाउदा बेर्नाको उमेर ८ -१२ दिन हुनु पर्छ। रोप्ने बेला बेर्नामा ४ वटा पात भएको हुनुपर्दछ। बेर्ना उखेल्दा एक दिन अगाडि ठीकको पानी राख्नु पर्छ र एकै पटकमा २/३ बेर्नाको फेदमा बुढी औंला र चोर औँलाले समातेर उखेल्नु पर्छ। बेर्नाका जराहरू नचुडिने गरी उखेल्नु पर्छ। र सोही दिन तयारी जमिनमा रोपाइँ गर्नु पर्छ।
जस्ताको कमीको कारण देखिने समस्या ग्रसित क्षेत्रमा रोपाइँ गर्नु अघि उखेलेको बेर्नाका मुठालाई १-२% जिङ्क अक्साइडको घोलमा डुबाउनु पर्छ।

५) धान रोपाइँ
धान ब्याड तयार गरिएको धानको बेर्नालाई हिल्याएर समस्याको खेतमा रोपीने प्रकृयालाई धान रोपाइँ भनिन्छ। धान रोपाइँ गर्नका लागि खेतमा राम्ररी हिलो सम्याएको , आलि मर्मत सम्भार भएको, कान्लाबाट झारपात हटाइएको तथा २cm सतह भन्दा बढी पानी कटाएको हुनु पर्छ। खेतमा पानीको मात्रा ठीक अड्कने भए पछि मात्र त्यहाँ आवश्यकता अनुसार पर्ने रासायनिक मल हाल्नु पर्छ।

६)मलखाद व्यवस्थापन:- धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं ।
यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ ।

वर्णशंकर धानको लागि रासायनिक सलको सिफारिस मात्रा १५०:५०:४० केजी र सिञ्चित क्षेत्रमा १२०:४०:४० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ ।

धान बालीमा जिंक तत्वको कमी प्रायः देशभरी नै देखिएको छ । जग्गा तयार गर्ने बेलामा जिंक सल्फेट ७०० ग्राम प्रति कठ्ठाको दरले दिनु पर्छ।

नोट:- कम्पोष्ट मल पुरै मात्रलाई जग्गा तयार गर्ने बेलामा डी.ए.पी. (४kg प्रति कठ्ठा)को पुरै मात्रलाई धान रोप्ने बेलामा प्रयोग गर्नुपर्छ। भने पोटास (२.६kg/katha) मललाई दुई बराबर भागमा बाँडेर आधा रोप्ने बेलामा र बाकी बाला पसाउने अवस्थामा प्रयोग गरिन्छ।

साथै युरिया (४kg/katha) मललाई दुई बराबर भागमा बाँडेर आधा रोपेको २५ दिन देखि ३० दिन भित्र र बाकी आधा ५० देखि ६० दिनमा टप ड्रेस गर्नु पर्छ। युरिया मलको टप ड्रेस गर्दा खेतमा छिपछिपे पानी या यथेष्ट चिस्यान हुनु पर्छ

७) रोपाइँ गर्ने तरिका:-
हिलो सम्याएर निम्न अनुसार धान रोपाइँ गरिन्छ।
– उपयुक्त दुरीमा सिधा लाइनमा रोप्ने
– सामान्य अवस्थामा २/३ वटा बेर्ना प्रति गाभामा रोप्नु पर्छ तर ढिलो रोपाइँ गर्दा या बेर्ना बुढो भएको अवस्थामा ४/५ बेर्ना रोप्नु आवश्यक पर्दछ।
-२/३ cm गहिरो गाड्ने , बढी गहिराई रोपेमा गाज आउन ढिलो हुन्छ।

८) रोपाइँ दुरी
धानको लागि सिफारिस गरिएको गाभाको दुरी:-
– बर्षे धानका जातहरुलाई उपयुक्त मात्रामा खाद हालेर तथा समयमा रोपाइँ गर्दा लाईन × गाभा २०cm ×२०cm
– बर्षे धानका जातहरुलाई उपयुक्त मात्रामा खाद हालेर ढिलो रोपाइँ गर्दा २०cm × २०cm
बर्षे धानका जातहरुलाई न्युनतम मात्रामा खाद हालेर यथा समयमा रोपाइँ गर्दा २०cm × २०cm
– चैते धानका लागि २०cm×१०cm

९) सिंचाई
धान खेती गर्दा पानीको आवश्यकता बारे माटोको किसिम, लगाउने समय , जातहरुको प्रकृति हावापानी आदिले निधो गर्दछ। साधारणत्या धान खेतीको लागि पानीको आवश्यकता यस प्रकार छन्।

विरेन्द्र प्रसाद साह कानु
नायब प्राविधिक सहायक
तिनाउँ गाउँपालिका ,पाल्पा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।