काठमाडौँ । आज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर दुई हजार ७ सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।
त्यस्तै आज ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९ सय ४६ बराबरको कारोबार भएको छ ।
आज ३ सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री भएको छ ।