२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

महोत्तरी । महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।

संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो ।

Vivo Y28

सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानविय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम संचालन गरिएको थियो ।

१ सय ३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, वयक्तिगत सरसफाई किट (पुरुष/महिला) तथा सामुहिक रुपमा प्रयोग गर्नेगरी १०/१० थान शौचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना समेत खुवाईएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।