२०८१ आश्विन १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ | नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार | महासभामा जादा नेपालको शीर ढल्ने काम गर्दिन- प्रधानमन्त्री ओली | वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ | बारामा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु | नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार | प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी | प्रतिनिधि सभाको अवरोध हट्यो माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बोल्न दिने | संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै | यस्तो छ आज सुनचाँदीको मुल्य |

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको र सोहिअनुसार काम भइरहेको बताए ।

उनले भने, ‘यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनु भएको थियो । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ ।’ लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

Vivo Y28

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ । ‘यहाँ कतिपय तस्वीरहरु आफैंले भोगेका राखिएका छन् । कतिपय पुराना इतिहास झल्काउने खालका तस्वीर देखें । यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ । गोरखापत्रको यो काम प्रशंसनीय छ । पुर्खाका पालाका तस्वीर देख्न पाउँदा खुशी लाग्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।