२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् ।

हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् ।

Vivo Y28

रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् । उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् ।

यस अवसरमा रोनाल्डोले सबै मिलेर इतिहास बनाएको उल्लेख गर्दै पोर्चुगलको मादेरियाबाट विश्वको यस स्टेजसम्म आइपुग्दा आफु सधै आफ्नो परिवार र आफुलाई माया गर्ने फ्यानहरुको लागि खेलिरहेको बताएका छन् ।

साथै उनले अबको यात्रा पनि सबै एक अर्ब फलोअर्ससँग साथमा गर्ने उल्लेख गर्दै आफ्नो उत्कृष्ट खेल आउन अझै बाँकी रहेको बताएका छन् ।

आगामी फेब्रुअरीमा ४०औ जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।