काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको आजै नियुक्तसँगै शपथ हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा दिउँसो १:३० बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
असोज १८ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।