काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ ।
असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिए सङ्गै काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एक सातापछि न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम रहेको महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिएका छ्न ।
आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको मौसमविद अधिकारीले जानकारी दिएका छ्न ।