२०८१ आश्विन २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बडा दसैं बडा र धनी सँगै गरीबलाई पनि लागोस् ,-२
घरमा भएका दु:ख र पीडा घरमा आएको चोर झै भगोस् ,
के – के चोर्न सक्छ दुःख र पीडाले ? – २
पौरख, इमान्दारी र माता भगवतीको आशीर्वादले सबैको भाग्य जागोस् ,

खाडीमा झरेका आँसु र पिँढीमा छोरा कुर्दै बसेकी आमालाई पनि दसैं लागोस् ,-२
यसपालीको दसैँमा जमाराले सबैलाई जुराओस्,
सबै बेसरी मुस्कुरोस्, तर
सन्तानलाई टिको लगाउन नपाएर खाडीमा अझै न रुवाओस्,

Vivo Y28
Daraz

जीवनमा सुख र दुःखको सन्तुलन बानिरहोस्,-२
विजया दशमी झै सधैं सत्यको जीत होस्,
न्याय शसक्त र अन्याय रहित नेपाल होस्,

मान प्रतिष्ठा बढिरहोस् सबैको,
विपत्ति कसैको शिरोधार्य नहोस्,
यस पालीको बडा दसैं बडा र धनी सँगै गरीबलाई पनि लागोस्,
माता भगवतीको आशिषले नेपाल र नेपालीको पनि भाग्य जागोस् ।

– आलोक कु. चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।