काठमाडौँ । वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन पाकिस्तान टिम काठमाडौँ आएको छ । आइतबार मध्य रात पाकिस्तान टिम नेपाल आइपुगेको हो ।
बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले भारतको सामना गर्नेछ । पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसका प्रतिद्वन्द्वी भारत र बंगलादेश रहेका छन । समूह ‘बी’ आयोजक नेपालसँगै श्रीलंका, मालदिभ्स र भुटान छन ।
मालदिभ्स सोमबार काठमाडौँ आइपुग्नेछ । बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।