काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छ्न ।
गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरू गर्न बैठक बोलाइएको छ । यस अघि भोलि बिहिबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा कार्यकारी समिति बैठक बस्नेछ । स्रोतका अनुसार बैठकले संकटग्रस्त घोषणा भएका स्थानीय तहहरूको अवस्थाबारे छलफल गर्नेछ । अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी केही निर्णयहरू पनि गर्ने सम्भावना छ । प्रभावित क्षेत्रमा कस्ता कार्यक्रमहरू लैजाने भन्नेबारे छलफल हुने छ ।