काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम बढाएको छ । यसअघि श्रमिकका परिवारले ७ लाख पाउँदै आएकोमा अब ३ लाख बढाएर १० लाख गरिएको हो ।
असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिएका छन ।
वैदेशिक रोजगारीमा गएर विभिन्न क्रममा मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।