काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दिप लामिछाने अमेरिकाको भिसाको पर्खाइमा छ्न ।
अमेरिकाको भिसा नभए पछि उनी क्यानाडाबाट स्वदेश फर्किनु परेको थियो भने अन्य खेलाडि अमेरिका प्रस्थान गरिसकेका छन ।
अहिलेसम्म पनि उनलाई अमेरिकी दूतावासले भिसा दिएको छैन । सन्दीपले सामाजिक सञ्जालमा आफ्नो व्यग्रतालाई सांकेतिकरुपमा पोखेका छन ।उनले लेखेका छन्, ‘परिस्थितिहरू नियन्त्रण बाहिर ।’
नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एक दिवसीय सिरिज खेल्दैछ ।